नेपाल–चीन सीमा केन्द्रबिन्दु भएर ५.९ रेक्टरस्केलको भूकम्प
कात्तिक २, काठमाडौं । नेपाल–चीन सीमा नजिक केन्द्रबिन्दु बनाएर आज दिउँसो भूकम्प गएको छ ।
सिन्धुपाल्चोक र तिब्बतको सीमानालाई केन्द्रबिन्दु पारेर आज दिउँसो ३ बजेर ७ मिनेटमा ५।९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको धक्का सिन्धुपाल्चोकसहित राजधानी काठमाडौँ र आसपासका जिल्लामा पनि महसुस भएको थियो ।
भूकम्प गएपछि काठमाडौँमा मानिसहरू घरबाहिर निस्केका थिए । भूकम्पले पुर्याएको क्षतिबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भइसकेको छैन ।