‘उत्पिडित समुदायको मुक्तीका लागि एमालेले जित्नुपर्छ’

स्काई न्यूज / कात्तिक २, सुर्खेत । नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले उत्पिडित समुदायको मुक्ती र समतामूलक राष्ट्र निर्माणका लागि नेकपा एमालेले जित्नुपर्ने बताए । एमालेको भातृ संगठन नेपाल उत्पिडित जातीय मुक्ती समाज वीरेन्द्रनगरको नगरस्तरीय भेलालाई सम्बोधन गर्दै कंडेलले यस्तो बताएक हुन् । विगतमा नेकपा एमालेको सरकारले उत्पिडित, सिमान्तकृत, सामाजिक विभेदमा परेका समुदायको परिवर्तन र सुरक्षाका लागि उल्लेख्य काम गरेको बताउँदै अब पनि समतामूलक राष्ट्र निर्माणका लागि एमालेको सरकार आउनुपर्ने जिकिर गरे ।

एमालेको सरकार निर्माण गरी सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र समग्र देश विकासका लागि सूर्यमा मतदान गर्न उनले आग्रह गरे । एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य बालराम शर्माले समुन्त समाज निर्माण र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि एमालेको सरकार जरुरी रहेको औँल्याए ।

अहिले भैरहेको सत्तारुढ गठबन्धनलाई प्रतिक्रियावादीहरुको संज्ञा दिँदै शर्माले त्यसलाई परास्तगरी राष्ट्रिय स्वाधिनता रक्षाका लागि नेकपा एमालेलाई मतदान गर्नुपर्ने जिकिर गरे । कार्यक्रममा मुक्ती समाजका केन्द्रीय सचिव तोरण वि.क.ले गरिब, दलित, विपन्न तथा विभेदमा परेका समुदायको मुक्तिका लागि लड्ने पार्टी एमाले भएकाले एमालेलाई आगमी मंसिर ४ गतेको निर्वाचनमा विजयी गराउनुपर्नेमा जोड दिए ।

 

Translate »