मानव बेचविखन मुद्धाका फरार प्रतिवादी पक्राउ

स्काई न्यूज /कार्तिक ७, सुर्खेत । सुर्खेत प्रहरीले मानव बेचबिखन मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिप्रकाबाट खटिएका सादा पोसाकमा प्रहरी टोलीले जिल्लाको गुर्भाकोट नगरपालिका–९, की २६ वर्षीया सितल वादीलाई यरियामाबाट पक्राउ गरेको हो ।

मानव वेचविखन मुद्धामा सुर्खेत जिल्ला अदालतले सितललाई १० वर्ष कैदसहित ५० हजार रुपैयाँ जरिवाना तोकेपनि उनी लामो समयदेखि फरार थिईन् । प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ गरि कैद भुक्तानका लागि जेल चलान गरिएको जिप्रकाका सूचना अधिकारी सूरज कार्कीले जानकारी दिए ।


