लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

स्काई न्यूज /कार्तिक ७, सुर्खेत ।  सुर्खेत प्रहरीले लागूऔषध ब्राउनसुगर सहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११, सुब्बाकुना प्रहरी चेकपोष्टमा चेकजाँच गर्दा नेपालगञ्जदेखि सुर्खेत आईरहेको बा.१७ च–७९६९, नम्वरको स्कारपियो गाडीबाट २ सय ७० मिलिग्राम लागू औषध ब्राउनसुगरसहित चार जनालाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्कारपियोका चालक वीरेन्द्रनगर–११, बस्ने ३० वर्षिय गंगे सुनार, सोही ठाउँका ३९ वर्षिय दिपक ढकाल, ३० वर्षिय नविन वक्स र दैलेखको डुङ्गेश्चर गाउँपालिका–३ घर भई हाल जिल्ला सुर्खेत वीनपा–१०, बस्ने १७ वर्षिय लोचन रावल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सूरज कार्कीले जानकारी दिए । उनका अनुसार लागू औषध नियन्त्रण व्यूरो र प्रहरी चौकी सुब्बाकुनाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


प्रहरीले वीरेन्द्रनगर–३, पाथिभरा टोलबाट लागु औषध ब्राउनसुगरसहित रंगेहात दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनग–९, लाटीकोईली बस्ने २४ वर्षिय सुरज शाही र वीनपा–२, बाङंगेसिमल बस्ने २७ वर्षिय उमेश सुनारलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरुको साथबाट १ ग्राम ४ सय ८० मिलिग्राम लागू औषध ब्राउनसुगर वदमद भएको सूचना अधिकारी कार्कीले बताए । उनका अनुसार लागू औषध ब्राउनसुगरसहित रंगेहात पक्राउ परेका माथि आवश्यक कार्वाहीका लागि थप अनुसन्धान शुरु गरिएको छ ।

 

Translate »