नेपाली सेनाद्वारा सकेट वम डिस्पोज

स्काई न्यूज /कार्तिक ९, सुर्खेत ।  नेपाली सेनाले कालिकोटको खाँडाचक्र नगरपालिकामा फेला परेको वेवारिसे सकेट बम डिस्पोज गरेको छ । खाँडाचक्र नगरपालिका–७, पानीकोपा डाँडाको गोरेटो बाटोमा स्थानीयले घास काँट्ने बेला उक्त सकेट बम देखेपछि स्थानीय प्रशासनको पहलमा नेपाली सेनाको वम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

सेनाले वेवारिसे सकेट बम पुरानो खिया लागेको प्रमाणित गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । तत्कालिन सशस्त्रद्वन्द्व ताका माओवादीले वम छोडेको हुन सक्ने अनुमान गरिएको छ ।

Translate »