स्कुल बसले ठक्कर दिँदा बालकको मृत्यु

कात्तिक २५, जुम्ला । स्कुल बसले ठक्कर दिँदा जुम्लामा एक बालकको मृत्यु भएको छ ।

बिहीबार साँझ ५ बजे चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाड नजिकै स्कुल बसले पैदल हिँडिरहेको बालकलाई ठक्कर दिएको थियो ।

तातोपानीदेखि जुम्ला बजारतर्फ आउँदै गरेको भे१क ३८२ नम्बरको कनिका निशा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सडक पार गरिरहेका अन्दाजी ११ वर्षका राजेश गिरीको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए।


उनका अनुसार साँझ ५ बजेर ३५ मिनेटमा दुर्घटना भएकोमा ५ बजेर ५४ मिनेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बालकको मृत्यु भएको हो ।

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालकको मृत्युपछि आफन्तले कर्णाली राजमार्ग बिहीबार साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्म अवरुद्ध गरेका थिए ।

मृतक बालकको आफन्तले उचित क्षतिपूर्ति र चालकलाई हुँदै सम्मको कारबाही गर्न माग गर्दै सडक बन्द गरेका हुन । दुवै पक्ष आज बिहान भएको वार्तामा सहमति जुटेसँगै राजमार्ग सञ्चालनमा आएको छ ।

Translate »