निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

कात्तिक २९, काठमाडौं । सरकारले सार्वजनिक तथा सरकारी कार्यालयहरूमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय गरेको छ । साथै सरकारले मतदान स्थल रहेका विद्यालयका लागि मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता सह( सचिव फणिन्द्रमणि पोखरेलले मंगलवार विज्ञप्ति जारी गर्दै मतदान स्थल रहेका विद्यालयहरू चार दिन बिदा दिने निर्णय भएको उल्लेख गरेका छन्। गृह मन्त्रालयका अनुसार अन्य क्षेत्रमा भने चुनावका लागि २ दिन बिदा दिइएको छ।

आगामी मंसिर गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ । गृह मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आइतवार हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण संस्था, विद्यालयहरूमा २०७९ मंसिर २ देखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा मिति २०७९ मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।’

Translate »