सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

स्काई न्यूज / कात्तिक २९, सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिकाको चौरासेमा सासूको हत्या गरेको आरोपमा ज्वाइँँ पक्राउ परेका छन् ।

लेकवेसी नगरपालिका–९, चौरासेमा सोमबार ७३ वर्षीया डिल्लीसरा जैसी (भण्डारी)को शव भेटिएको थियो ।

भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३३ वर्षीय सालिकराम बाँस्तोलालाई आज भेरीगंगा नगरपालिकाको कालिदमारमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

सामान्य विवादमा सालिकरामले धकेल्दा डिल्लीसराको टाउको ढुंगामा ठोक्किएर मृत्यु भएको थियो । घटनापछि लुकेर बसेका सालिकरामलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

 

Translate »