प्रचण्डका चुनावी भाषण : गठबन्धनलाई भोट माग्दा नेतैपिच्छे ‘मुख्यमन्त्री’ र ‘प्रधानमन्त्री’ !

 

मंसिर १, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वसभामुख ओनसरी घर्तीलाई पनि प्रधानमन्त्री बन्न लायक नेतृको रुपमा टिप्पणी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उनमा प्रधानमन्त्री बन्ने दृढता रहेको दाहालको भनाई थियो ।

यस अघि प्रचण्डले रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतका नेताहरूको निर्वाचन क्षेत्रमा भाषण गर्दा पनि प्रधानमन्त्री बन्न सक्ने नेता भन्दै भाषण गरेका थिए ।

त्यस्तै कर्णाली र सुदूरपश्चिमका चुनावी सभालाई सम्बोधन गर्दा पनि उनले धेरैलाई मन्त्री र मुख्यमन्त्रीको रुपमा अघि सारेका थिए । डडेलधुरामा खगराज भट्टलाई मुख्यमन्त्रीको रुपमा अघि सारेका प्रचण्डले कर्णालीमा जीवनबहादुर शाहीलाई अघि सारेका थिए ।

मन्त्री बनाउने आश्वासन दिएका नेताको लिस्ट त आधा दर्जन भन्दा बढी छ । प्रतिनिधिसभा तर्फका उम्मेदवार जुम्लाकी गोमा कुँवर, हम्लाका छिरिङ दम्डोल लामा (कार्चेन) र कालिकोटका महेन्द्रबहादुर शाहीलाई विजयी बनाए संघीय सरकारको मन्त्री बनाउने सार्वजनिक प्रतिवद्धता गरिसकेका छन् । कालीकोटका हिक्मतबहादुर विष्टलाई कर्णाली प्रदेशको मन्त्री बनाउने आश्वाशन दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उहाँले मंसीर ४ गतेको निर्वाचनलाई नेपाली जनताले प्रतिगमनलाई परास्त गर्ने अवसरको रुपमा लिनुपर्ने समेत दोहोर्याए ।उनले केपी ओली र उनको गठबन्धन फेरी जितेर आए संविधान च्यात्ने भएकाले उनीहरूलाई नेपाली जनताले तिरस्कार गरेर अघि बढनुपर्ने बताए । ओली संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको उनको आरोप थियो ।

अध्यक्ष दाहालले मंसीर ४ गतेको निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न सकिए मुलुक विकास र समृद्धिको दिशामा अघि बढने दाबी गरे । उनले सत्तारुढ दलहरू प्रतिगामी शक्तिहरूलाई परास्त गरेर सम्पूर्ण शक्तिको साथ मुलुकको समृद्धिको अभियानमा लाग्न प्रतिवद्ध रहेको पनि जिकिर गरे । आर्थिक अभियान

Translate »