राकमको स्थगित मतदान शुरु

स्काई न्यूज /मंसिर ६, सुर्खेत ।  पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–६ मा आइतबार स्थगित भएको मतदान आज विहान ७ बजेदेखि मतदान प्रक्रिया पुनःशुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार सिम्ता गाउँपालिका–६, को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको सिम्ता बहुमुखी क्याम्पस राकमस्थित मतदान स्थलका ३ वटै मतदान केन्द्रमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको जानकारी दिए ।

उनका अनुसार यसअघि मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधि सभाको १ सय मतपत्र प्रदेश सभाको बाकसमा खसेको थियो । त्यहाँ २ हजार ९ सय २६ मतदाता रहेका छन् । यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सिम्ताको राकममा भयरहित शान्तिपूर्ण, निष्पक्ष मतदानका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएकाले ढुक्क भएर निर्वाचनमा सहभागि हुन आग्रह गरे ।

Translate »