एमाले सचिव भट्टलाई ज्यान मार्ने धम्की दिएको आरोपमा दुई जना पक्राउ

मंसिर ६, धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार भट्टलाई ज्यान मार्ने धम्की दिएको आरोपमा धनगढी उपमहानगरपालिका–१४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका–२ बस्ने दीपेन्द्र विकलाई पक्राउ गरिएको हो । दुवैलाई नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

मंगलवार बिहान कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित भट्टको निवासमा पुगेर दुई जनाले ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ।

Translate »