सामानुपातिक तर्फ काँग्रेसले पनि कटायो २ लाख मत, ३ दलले मात्रै कटाए लाखको आँकडा

मंसिर ७, काठमाडौं । समनुपातितर्फको प्रारम्भिक मत परिणाम अनुसार नेपाली काँग्रेसले २ लाख मत कटाएको छ । काँग्रेसले २ लाख ७ हजार २४५  मत ल्याउँदै एमलेलाई पच्छ्याइरहेको छ ।

समानुपातिक तर्फ एमालेले सर्वाधिक मत २ लाख २९ हजार ७६२ मत ल्याउँदा नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको १ लाख ७ हजार मत पाएको छ ।

त्यस्तै, नेकपा माओवादीले ९५ हजार १६२ मत ल्याउँदा राप्रपाले ५४ हजार ५४९ मत ल्याएको छ भने एकीकृत समाजवादीले १२ हजार ३५१ मत पाएको छ । आर्थिक अभियान

Translate »