झापा– ५ बाट एमाले अध्यक्ष ओली विजयी

मंसिर ७, काठमाडौं । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् ।

बुधवार साँझ सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार ओली दोब्बरभन्दा बढी मतान्तरले सांसदमा निर्वाचित भएका छन् । ओलीले ५२ हजार ३१९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी २३ हजार ७४३ मत पाए ।