सल्यानबाट प्रकाश ज्वाला विजयी

स्काई न्यूज /मंसिर ८, सल्यान । सल्यानबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकिकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला विजयी भएका छन् । ज्वाला १५ हजार ९ सय ११ मतान्तरले विजयी भएका हुन् । उनलाई ३५ हजार ७ सय प्राप्त भएको थियो ।

उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७ सय ८९ मत प्राप्त गरेका छन् । शाह यसअघि नेपाली काँग्रेसका महासमिति सदस्य समेत हुन् । तेस्रो स्थानमा नेकपा एमालेका राजेन्द्र विर रायले १३ हजार २९ मत प्राप्त गरेका छन् ।

Translate »