डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाईते

 

स्काई न्यूज /मंसिर २४, सुर्खेत । कालिकोटमा निर्मार्णाधिन फुकोट अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा काम गरिहेको डोजर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सान्नीत्रिवेणी–१, का १७ वर्षीय चरित्र विक र सोही ठाउँका १४ वर्षीय युवराज बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा सान्नीत्रिवेणी–१, का उमेश गिरी, सोही ठाउँका रक्तिम विक र अछाम घर भएका चालक कमल सोडारी बेपत्ता भएका छन् । दुर्घटनामा रास्कोट–७, का मिलन शाही, खाडाचक्र–११, बरातुका विवेक भारती र विकास भारती घाइते छन् ।

घाइतेको मान्मस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । कर्णाली करिडोरमा पर्ने सान्नीत्रिवेणी–१, लुसामा काम गर्ने क्रममा डोजर भीरबाट खसेर दुर्घटना परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवराज बमले जानकारी दिए ।

Translate »