राजनीतिक दलले टुंगो लगाए समानुपातिकतर्फका सदस्य

काठमाडौं । तीन ओटा अलग – अलग ठूला राजनीतिक दलहरुले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएका छन् । शनिवार साँझसम्ममा नेपाली कांग्रेस, नेकपा(एमाले) र नेकपा माओवादी केन्द्रले समानुपतातिक तर्फका प्रतिनिधिसभाका सदस्यको नाम टुंगो लगाएका हुन् ।

नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ । सो पार्टीको बैठकले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुंग्याएको हो ।

स्रोतका अनुसार खसआर्य महिलातर्फ प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा, खसआर्यतर्फ पुरुषमा कांग्रेस प्रवक्ता प्रकाशशरण महत, दलिततर्फ जीवन परियार र मधेसीतर्फ विमलेन्द्र निधि लगायत भएका छन् ।प्रत्यक्षतर्फ भने सो पार्टीका ५७ जना सांसद निर्वाचित भएका थिए ।

यसैगरी नेकपा (एमाले) ले पनि समानुपातिकतर्फ सांसदको रुपमा १२ जना पुरुष र २२ जना महिलाको नाम सिफारिस गरेको छ । एमालेले खास आर्य महिलातर्फ मेनकाकुमारी पोखरेल, सरिता भूसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बरालको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

आदिवासी जनजाति महिलातर्फ सात जना महिला छनोट भएका छन् । नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमार बलम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा छन् ।

त्यसैगरी पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही रहेका छन् । देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई छन् । दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल विक, प्रभु हजारा दुसाध र चन्द्र विक रहेका छन् ।

महिलातर्फ रुक्मिणी राना बराइली र हर्कमाया विश्वकर्मा रहेका छन् । त्यसैगरी मधेशीतर्फ गंगाप्रसाद यादव र अमृतलाल राजवंशी, महिलातर्फ विना देवी, अमृता अग्रहरी र प्रतिक्षा तिवारी रहेका छन् ।

मुस्लिमतर्फ सराज अहमद फारुकी रहेका छन् । समानुपातिकतर्फ सो पार्टीले ३४ स्थान प्राप्त गरेको छ । सो पार्टीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ जना निर्वाचित भएका थिए ।

माओवादीले पनि पठायो १४ समानुपातिक सांसदको सूची
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ जना सांसद सिफारिस गरेको छ । माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम निर्वाचन आयोगमा पठाएको हो । जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन् ।

यस्तै आदिवासी जनाजति महिलामा दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङको नाम आयोगमा पठाइएको छ ।

मधेसी महिला मिना यादव र उमरावती देवी यादव, दलित पुरुषमा रणेन्द्र बराली, महिलातर्फ सुशीला श्रीपाली ठकुरी छन् भने थारु महिलातर्फ रुपा सोसी चौधरीको नाम आयोगमा पठाइएको छ । मुस्लिम महिलातर्फ कल्पना मियाँ छिन् । (आर्थिक अभियान)

Translate »