कर्णालीबाट प्रत्यक्ष र समानुपातिकसहित ६१ सांसद निर्वाचित

पुस १, सुर्खेत । कर्णालीबाट प्रदेश सभा र प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिकसहित ६१ जना सांसद छानिएका छ । प्रदेशमा प्रत्यक्ष २४, समानुपातिक १६ र प्रतिनिधिसभामा प्रत्यक्ष १२ र समानुपातिक ९ जना संसाद गरेर ६१ जना पुगेका हुन् ।

६१ सांसदमध्ये ३८ जना पुरुष र २३ जना महिला संसाद रहेका छन् । मुगुले प्रदेश र प्रतिनिधिसभामा समानुपातिक सांसद कुनै पनि पाएन् भने अन्य जिल्लाबाट प्रतिनिधित्व रहेको छ । कर्णालीमा सवैभन्दा बढी सांसद पाउने जिल्ला दैलेख रहेको छ । दैलेखमा ११ जना सांसद रहेका छन् भने सुर्खेतबाट १० जना रहेका छन् । दैलेख र सुर्खेत प्रदेश र संघको संसद प्रत्यक्षतर्फ बराबर रहेको छ । कर्णालीमा प्रदेश सभा तर्फ २५ जना पूरुष र १५ जना महिला सांसद रहेका छन् भने प्रतिनिधि सभामा १३ जना पुरुष र ८ जना महिला रहेका छन् ।
कुन जिल्लामा कति सांसद
दैलेखमा ४ प्रदेश सभा र २ प्रतिनिधि सभा रहेको दैलेखमा ११ जना सांसद रहेका छन् । दैलेख जतिकै निर्वाचन क्षेत्र रहेको सुर्खेतमा १० सांसद रहेका छन् । १ प्रतिनिधि सभा र २ प्रदेश सभा रहेको जुम्लामा ६ सांसद, रुकुम (पश्चिम) ७ सांसद, हुम्लामा ६ सांसद, कालिकोटमा ५ सांसद, सल्यानमा ५ सांसद, डोल्पामा ४ सांसद, जाजरकोटमा ४ सांसद, मुगुमा ३ सांसद गरि ६१ सांसद कर्णालीबाट यसपालिको प्रदेश र प्रतिनिधि सभा सांसदमा छानिएका हुन् ।

Translate »