कांग्रेस संसदीय दलको नेता छान्न मतदान

गगन र देउवाको प्रतिस्पर्धा

पुस ६, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान शुरू भएको छ । यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिष्पर्धामा छन् ।

बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने कार्यतालिका भएपनि सबै सांसदहरू उपस्थित नहुँदा ढिलो गरि मतदान शुरू भएको हो । दलको कार्यालय परिसरमा सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र सहित उपस्थित भइसकेका छन् ।


यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिष्पर्धामा छन् । गगनलाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेत साथ छ । देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको साथ छ ।

कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् । दलको नेता चयन हुनका लागि ५१ प्रतिशत मत ल्याउनुपर्ने छ । आर्थिक अभियान

Translate »