गण्डीगाडमा अछाम र डोटी जोड्ने पक्की पुल बन्ने

पुस ६, अछाम । गण्डिगाडमा अछाम र डोटी जिल्ला जोड्ने वषौँपछि पक्की पुल निर्माण हुने भएको छ।
पूर्वाधार विकास कार्यालय अछामको बहुवर्षीय योजना अन्तर्गत गण्डिगाडमा पुल निर्माणका लागि टेण्डर आव्हान गरेको हो ।
जिल्लाको चौरपाटी गाउँपालिका वडा नं.२ सोकट र दिपायल सिलगढी नगरपालिकाको विचमा नाारीदाङ्गमा नाउलीकोट स्थित गण्डिगाडमा पक्की पुल निर्माणको लागि टेण्डर आव्हान गरेको हो ।
पूर्वाधार विकास कार्यालय अछामका कार्यालय प्रमुख रुद्र वोगटीले ६ करोड २३ लाख लागतमा निर्माण हुने गरी ३० दिने सूचना प्रकाशित भएको जानकारी दिए । उनले ठेक्का सम्झौता भएको दुई वर्षमा पुलको निर्माण कार्य सम्पन्न हुने दाबी गर्नुभएको छ ।
चौरपाटी गाउँपालिका वडा नं।२ सोकटका वडा अध्यक्ष रणबहादुर साउदले पुल निर्माण कार्यको लागि टेण्डर आव्हानले खुसी छाएको बताए ।

लामो समयदेखि पक्की पुल निर्माणको लागि चर्चा हुँदै आए पनि सम्भव नहुँदा स्थानीय दुःखित थिए । अहिले पुल निर्माणको लागि पूर्वाधार विकास कार्यालय अछामले टेण्डर आव्हानले पुल बन्ने आशा जागेको वडा अध्यक्ष साउदको भनाई रहेको छ ।
चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले गण्डिगाडमा पुल निर्माण भएमा अछाम क्षेत्र नं.१ का सम्पूर्ण पालिका र मंगलसैन नगरपालिकालाई आवतजावतमा सहज हुने जानकारी दिएका छन् ।
चित्रे, पायल, चौरपाटी, नारीदाङ्ग हुँदै दिपायल सम्म कालोपत्रको लागि वातावरणीय अध्ययन मूल्याङ्कन भएको बताउँदै गण्डिगाडमा पक्की पुल निर्माण भएमा यस क्षेत्रका जनताको लागि निकै लाभदायक बन्ने अध्यक्ष साउदको भनाई रहेको छ ।
चौखुट्टे हुँदै दिपायल जानुभन्दा नाारीदाङ्ग दिपायल जाँदा आधा समय कम लाग्ने उनको भनाई रहेको छ । पुल निर्माण हुने स्थानसम्म सडक पुग्न ३र४ किलोमिटर मात्रै रहेको अध्यक्ष साउदको भनाई रहेको छ ।
चौरपाटी गाउँपालिकाका निवर्तमान अध्यक्ष हर्क बहादुर साउदले गण्डिगाडमा पुल निर्माण हुनु चौरपाटी गाउँपालिकाका बासिन्दाकाको लागि सबैभन्दा गौरवको विषय भएको बताए । दिपायल आवतजावत गर्न सहज हुनुका साथै व्यापार व्यवसाय गर्नको लागि पनि फाइदा पुग्ने उनको भनाई रहेको छ । रेडियो नेपाल