नवनिर्वाचित सांसदहरुले लिए शपथ

शपथमा १७ जना सांसद अनुपस्थित

पुस ७, काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शपथ समारोहको आयोजना गरिएको थियो । शपथ समारोहमा धेरै पुरुष सांसदहरु दौरा सुरुवाल र महिला सांसदहरु सारी लगाएर आएका थिए । कतिपय सांसदहरुले आफ्नो जातीय पहिचान झल्काउने पोशाक लगाएका थिए ।

शपथमा १७ जना सांसद अनुपस्थित

प्रतिनिधिसभाका १७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको शपथ पछि हुनेछ । संसद भवनमा उपस्थिति २५७ जना सांसदलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ गराएका हुन् । अनलाइन खबर

 

Translate »