चीनमा कोभिडको दैनिक संक्रमण ४२ लाख पुग्ने अनुमान

दिनहुँ ५ हजारको मृत्यु हुने चेतावनी

पेचिङ (चीन) । चीनमा कोरोना भाइरसको संक्रमणको नयाँ लहर डरलाग्दो गरी फैलिरहेको छ । अहिलेकै रफ्तारमा महामारी फैलिएमा आगामी मार्चसम्म दैनिक ४२ लाख चिनियाँ नागरिक कोरोना संक्रमणको शिकार हुने अनुमान गरिएको छ ।

अहिले शुरुवाती दिनमा पनि चीनमा एक दिनमै १० लाख जनालाई संक्रमण हुने अनि संक्रमणका कारण दिनँहु ५ हजार जनाको मृत्यु हुने अवस्था आउन सक्ने एउटा नयाँ विश्लेषणले देखाएको छ ।

यसो भएमा यो संसारमा अहिलेसम्म देखिएको सबैभन्दा ठूलो महामारी हुनेछ । लनडनस्थित विश्लेषक कम्पनी एयरफिनिटी लिमिटेडका अनुसार चीनमा संक्रमणको अवस्था झनै विकराल बन्न सक्नेछ । संक्रमणको अहिलेको लहरमा दैनिक संक्रमण जनवरीमा ३७ लाख पुग्ने बताइएको छ ।

मार्चमा दैनिक संक्रमण बढेर ४२ लाखको कीर्तिमान स्तरमा उक्लिन सक्ने पनि समूहको अनुमान छ । समूहले चीनमा संक्रमाको प्रान्तीय डेटाका आधारमा यो प्रक्षेपण निकालेको हो । लामो समयसम्म कोभिड विरुद्ध शन्य सहनशिलताको नीति लिएको चीन सरकार पछिल्लो समय संक्रमण नियन्त्रणमा केही लचिलो बनेको छ । बुधवार चीनमा २ हजार ९६६ नयाँ संक्रमण पूष्टि भएको थियो । डिसेम्बर लागे देखि नै कोभिड सम्बद्ध मृत्यु भने १० भन्दा कम छ ।

तर पछिल्लो समय अस्पतालमा कोभिडको बिरामीको चाप बढेको छ । शव दाह गृहहरुले पनि थेग्नै नसक्नेगरी शवहरु थुपिएका छन् । कोभिड सम्बद्ध मृत्युको गणना कम गर्न सरकारले श्वासप्रश्वासमा समस्या भएर मृत्यु हुनेलाई मात्रै गन्ने भएको छ । डिसेम्बर ७ यता चीन सरकारले देशभरमा कोभिडसम्बन्धी प्रतिबन्ध खुकुलो पारेपछि संक्रमण बल्झिएको छ । देशभरमा ज्वरोको औषधि पाइन छाडेको छ । आपूर्ति अभावबीच केहीले विदेशबाट समेत औषधि आयात गरेर काम चलाइरहेका छन् ।

कोभिडको अवस्था ठ्याक्कै चित्रण गर्न कठिन छ । कतै संक्रमण धेरै भएपनि परीक्षण पर्याप्त नुहँदा ठ्याक्कै तथ्यांक नमिल्न सक्छ । कोरोना भाइरसको संक्रामक प्रकार ओमिक्रोन अनि यसका उपप्रकारहरुका कारण पनि संक्रमणमा विष्फोटक वृद्धि भइरहेको छ । अमेरिकामा पनि यो वर्षको जनवरीमा दैनिक संक्रमण झन्डै १४ लाख पुगेको थियो ।

इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एन्ड इभ्याल्युएसन ९आईएचएमई०ले चीनमा कोभिड नियन्त्रण गर्न लगाइएका प्रतिबन्धात्मक व्यवस्थाहरू एक्कासि हटाउँदा सङ्क्रमण व्यापक रूपमा बढ्ने र सन् २०२३मा १० लाख भन्दा बढीको मृत्यु हुने समेत बताएको थियो । एजेन्सी

Translate »