२०८३ साउन ४ , सोमबार
Sky News Nepal
२०८३ साउन ४ , सोमबार

दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त

शपथ ग्रहण भोलि


पुसु १०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष दाहाललाई आज साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

दाहालले १ सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ समारोह भने भोलि हुने जनाइएको छ ।

प्रकाशित मिति : २०७९ पुस १० गते आइतबार
Translate »