बाँकेमा तीन महिनापछि कोभिड संक्रमित फेला

पुस १४, बाँके । बाँकेमा साढे तीन महिनापछि कोभिड देखिएको छ । नेपालगन्जस्थित जमुनाहा नाकामा आज जाँच गर्दा जाजरकोटकी ३० वर्षीया महिलामा कोभिड पुष्टि भएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले गत असोज १ गतेपछि आज पहिलो पटक कोभिड पुष्टि भएको बताए । असोज यता बाँकेमा कोभिडको केश भेटिएको थिएन ।

Translate »