

बाँके । बाँकेमा ट्रकको ठक्करबाट दैलेखका एक जना युवाको मृत्यु मृत्यु भएको छ । नेपालगन्जको न्यूरोडस्थित भानुभक्त चोकमा शनिबार ना ७ ख १७ नम्बरको ट्रकको ठक्करबाट साइकलमा सवार दैलेख नारायण नगरपालिका ५ ठेगाना भई नेपालगन्ज १८ बस्दै आएका १८ वर्षीय रत्नबहादुर दर्लामीको मृत्यु भएको हो।

सेतु बिक चौकबाट त्रिवेणी मोडतर्फ जाँदै गरेको उक्त ट्रकले ठक्कर दिँदा घाइते भएका दर्लामीलाई उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाही अगाडि बढाईएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : २०७९ पुस १७ गते आइतबार












