बाल सुधार बाट भागेका बालबन्दी पक्राउ

बाँके । बाँकेको डुडुवा गाउँपालिका–६, मा रहेको जयेन्दु बाल सुधार गृहबाट भागेका चार जना बालबन्दी पक्राउ परेका छन् । पुस १३ गते बाल सुधार गृहबाट झ्यालको ग्रिल तोडेर भागेका उनीहरुलाई पुस १६ गते प्रहरीले प्युठानको नौबहिनी गाउँपालिका–४, को विजुलीडाँडाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीले आज आयोजित पत्रकार सम्मेलन मार्फत आवश्यक अनुसन्धान र कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको मा बाँके बाँके प्रहरीका प्रवक्ता रामप्रसाद घर्ती मगरले जानकारी दिए । बाल सुधार गृहमा २ सय ३२ जना थिए । त्यस मध्येमा चार जना भागेका थिए । चार जना मध्ये तीन जना जबर्जस्ती करणी र एक जना कर्तव्य ज्यान मुद्दाका अभियुक्त हुन् ।

Translate »