कांग्रेसको मुख्य सचेतकमा लेखक मनोनित

काठमाडौं । नेपाली कांग्रेस (nepali congress) को मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन् । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले आज उनलाई सो पदमा मनोनित गरेका हुन् ।

सभापति देउवाले पार्टीको ससंदीय दलको विधानबमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनित गरेको कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए । रासस