सुदूरपश्चिम प्रदेशको कांग्रेस संसदीय दलको नेतामा शाह

कैलाली । सुदूरपश्चिम प्रदेशको नेपाली कांग्रेस संसदीय दलको नेतामा कमल शाह चयन भएका छन् । बुधवार कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा उनी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचनमा शाहको मात्रै मनोनयन दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएको कांग्रेसले जनाएकाे छ ।

शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा  निर्वाचित भएका हुन् ।

संसदीय दलको नेतामा बहादुर सिंह थापा, प्रकाश देउवा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश बम, मानबहादुर रावल र शिवराज भट्ट गरी ७ जनाले दाबी गरेका थिए । तर, निर्वाचनमा शाहले मात्रै मनोनयन दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।

सुदूरपश्चिममा प्रदेशसभामा कांग्रेसका १९ जना सांसद छन्। कांग्रेस सुदूरपश्चिम प्रदेशसभाको पहिलो दल हो ।

Translate »