कर्णालीमा पुस २७ गते सम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान
स्काई न्यूज / पुस २१, सुर्खेत । कर्णाली प्रदेशमा सरकार गठनका लागि आव्हान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले बिहीबार मुख्यमन्त्री पदमा दाबी पेश गर्न ७ दिनको समय दिएर पुस २७ गते बुधबार अपरान्ह ५ बजेसम्मको समय तोकेका हुन् ।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन व्यवस्था रहेको विज्ञप्तीमा उल्लेख छ ।
कर्णालीमा प्रदेश सभा सदस्यको संख्या ४० रहेको छ । माओवादी र एमाले मिलेर सरकार गठन गर्ने तयारी रहेको छ । यद्यपि, केन्द्रमा भएको सहमति बाहिर आइसकेको छैन ।