नयाँ सरकार आएसँगै कर्मचारी हेरफेर शुरू
अर्थ सचिवमा तोयम राया र राजस्वमा घिमिरे
पुस २१, काठमाडौं । नयाँ सरकार बनेसँगै कर्मचारीको सरुवा वढूवा तथा जिम्मेवारी हेरफेर शुरू भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा रामप्रसाद घिमिरे पुगेका छन् ।
राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए । भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।