२०८३ साउन २२ , शुक्रबार
Sky News Nepal
August 7, 2026

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले पालिकालाई गरिन् स्वास्थ्य चौकी हस्तान्तरण



पुस २१, काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले स्वास्थ्य चौकी निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेकी छन् । उनले सन् २०१८ को विश्वसुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको लागि गृहजिल्ला मकवानपुरको कैलाश गाउँपालिका(७ स्थित ताम्लाङमा स्वास्थ्य चौकी निर्माण गरेकी थिइन् ।

निर्माणपछि गाउँपालिकालाई ङिको स्वास्थ्यचौकी हस्तान्तरण गरिएको र मासिक तीन जना बिरामीले सेवा लिइरहेको श्रृंखलाले जानकारी दिएकी छन् । दुई वर्ष लगाएर सम्पन्न भएको यो स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि उनीहरुको अथक योगदानका लागि श्रृंखलाले धन्यवाद दिएकी छन् ।हस्तान्तरणपछि परियोजनाअन्तर्गत स्टाफ क्वार्टर पनि थपेको उनले उल्लेख गरेकी छन् । ‘पखाला वा प्राथमिक उपचार जस्ता सजिलै निको हुने रोगका कारण धेरैले ज्यान गुमाएका ठाउँका लागि ठूलो उपलब्धि हो,’ श्रृंखला लेख्छिन्, ‘यो स्वास्थ्य चौकी नभएको अवस्थामा लगबुकमा नाम रहेका मान्छेले नजिकको स्वास्थ्य केन्द्रमा चार घण्टा हिंड्नुपर्ने थियो ।’

श्रृंखलापछि मिस नेपाल बनेकी नम्रता श्रेष्ठले धादिङमा झोंलुगे पुल निर्माण गरेकी थिइन् । वर्तमान मिस नेपाल प्रियंकारानी जोशीले चितवनको इच्छाकामना गाउँपालिकामा सोलार प्यानलमार्फत विद्युतीकरण र अन्य उद्यमशीलताको परियोजना निर्माण गरिरहेकी छन् । ब्युटी विथ पर्पसको कुरा गर्दा नेपाल मिस वल्र्डको मुख्य दाबेदार समेत हो । अनलाइन खबर

 

प्रकाशित मिति : २०७९ पुस २१ गते बिहीबार
Translate »