कोरोना भाइरसबाट एक जनाको मृत्यु

पुस २३, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भाइरसको संक्रमणबाट आज एक जनाको मृत्यु भएको हो ।


नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।

आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय संक्रमित रहेका छन् ।

Translate »