प्रतीक्षालयबाट लडेर एक जनाको मृत्यु

पुस २४, सल्यान । सल्यानमा मन्दिरको प्रतीक्षालयबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–३ पौवाबारीस्थित खड्गदेवी प्राथमिक विद्यालयका कार्यालय सहयोगी ५३ वर्षीय तीर्थबहादुर सेजवालको मृत्यु भएको छ ।

घर नजिकैको शिवपार्वती मन्दिर परिसरमा निर्माण गरेको प्रतीक्षालयबाट सेजवाल लडे्का थिए । प्रतीक्षालयबाट लडेर करिब ५ मिटर तल खस्दा टाउकोमा गहिरो चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीका अनुसार सेजवाल शनिबार राति लडे्का हुन् । लडेर मृत्यु भएका सेजवालबारे स्थानीय तथा आफन्तले आइतबार बिहान थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । लडेर मृत्यु भएका सेजवालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लगिएको उनको भनाइ छ ।

Translate »