कर्णालीमा सभामुखको निर्वाचन माघ १ गते

पुस २५, सुर्खेत । कर्णाली प्रदेशसभामा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने भएको छ ।

प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले प्रदेशसभा २०७९ को नियमावली ७ बमोजिम निर्वाचनको मिति तोकेका हुन् ।

सोमबार प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो बैठकमा ज्येष्ठ सदस्य शाहले प्रदेश सभाको नियमावली, २०७९ को नियम ७ को उपनियम १ बमोजिम सूचना प्रकाशन गर्न प्रदेश सचिवालयलाई निर्देशन दिएका छन् ।

सत्ता साझेदार दलहरू बीच भएको सहमति अनुसार सभामुख नेकपा एमाले र उपसभामुख नेकपा माओवादीले लिने छन् ।

Translate »