गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

पुस २५, कास्की । एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति भएका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई गण्डकीको मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरेका छन्।

प्रदेश प्रमुख गुरुङले पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आव्हान गरेका थिए । केही समय अघिमात्र अधिकारीले ३३ सांसदको समर्थन जुटाएर मुख्यमन्त्री दाबी गरेका थिए। ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्छ । अधिकारी ३३ सांसदको समर्थन लिएर दाबी गरेका थिए ।
मुख्यमन्त्री अधिकारीले आज नै शपथ ग्रहण गरेका छन् । पाँच सदस्य मन्त्रीमण्डल समेत विस्तार गरेका छन् ।