२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

जनताको पक्षमा काम गर्ने विश्वासमा प्रधानमन्त्रीलाई मत दिन्छौं : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको पक्षमा काम गर्ने विश्वासमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन् । मंगलवारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका छन् ।

बैठकमा नेकपा एमालेका नेता केपी शर्मा ओलीले  कांग्रेसले सरकारलाई समर्थन गरेर प्रजातन्त्रको नयाँ परिभाषा गरेको बताए। कांग्रेसले प्रतिक्षमा बसेर पनि सरकारलाई समर्थन गरेको विषय देश विदेशमा चर्चाको विषय हुने ओलीले बताए ।

यो इतिहासमा पनि छलफलको विषय हुने ओलीको भनाइ छ ।

प्रकाशित मिति : २०७९ पुस २६ गते मंगलबार
Translate »