प्रधानमन्त्री प्रचण्डलाई २६८ सांसदले विश्वासको मत दिए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत पाएका छन् । मंगलवारको प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत पाएका हुन् । प्रतिनिधिसभाका २७५ सांसदमध्ये २७० जना उपस्थित रहेको बैठकमा दाहालको पक्षमा २६८ मत र विपक्षमा २ मत परेको छ ।

उनले पाएको मत प्रतिनिधिसभाको बहुमत रहेकाले विश्वासको मत पाएको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले जानकारी दिए ।

दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ ९२० बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

उक्त धारा बमोजिम प्रधानमन्त्री नियुक्त हुनेले संविधानको धारा ७६ ९४० बमोजिम संसद्मा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

संविधानको धारा ७६ ९२० मा प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ ।

Translate »