४ लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र कार्ड
स्काई न्यूज /पुस २९, सुर्खेत । राष्ट्रिय परिचयपत्र अभियान सुर्खेतसहित देशका ४५ जिल्लाका वडा स्तरसम्म पुगिसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले दावी गरेको छ । विभागले १६ वटा जिल्लाहरुमा राष्ट्रिय परिचयपत्र अभियान सञ्चालन भईरहेको र अब देशका १६ वटा जिल्लामा मात्र अभियान पु¥याउन बाँकी रहेको आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘सामाजिक सुरक्षाको प्रभावकारितमा सरोकारवाला निकायहरुको भूमिका’ विषय प्रदेश स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी दिईएको हो ।
कार्यक्रममा विभागका महानिर्देशक तिर्थराज भट्टराईले अहिलेसम्म ४ लाख नागरिकले राष्ट्रिय परिचयपत्र कार्ड नै पाईसक्नु भएको बताए । उनले चालु आर्थिक वर्षभित्र १ करोड ५० लाख नागरिकको जैविक तथा वैयत्तिक विवरण संकलन गरि २० लाख राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्ने लक्ष्य रहेको जनाए । उनका अनुसार अहिले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय र ४२ वटा ईलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रका लागि नागरिकको जैविक तथा वैयत्तिक विवरण संकलन गर्ने कार्य चलिरहेको छ ।
कार्यक्रममा विभागका निर्देशक सागरमणि पाठकले हाल काठमाडौं जिल्ला र विभागबाट मात्र वितरण भईरहेको राष्ट्रिय परिचयपत्र कार्ड छिट्टै अन्य जिल्लास्तरबाट समेत वितरण गर्ने तयारी भईरहेको बताए । उनले हालसम्म १ करोड ७ लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र नम्वर उपलब्ध गराई सकिएको जनाए । उनका अनुसार हालसम्म ७ सय ५३ स्थानीय तहबाट बैकिङ्ग प्रणालि मार्फत मंसिर मसान्तसम्म ३५ लाख ४८ हजार ७ सय ८९ जनालाई सामािजक सुरक्षा भत्ता वितरण गरिएको छ ।
सरकारले वार्षिक एक सय अर्ब रुपैयाँ नागरिकलाई सामाजिक सुरक्षा कार्यक्रम मार्फत वितरण गर्दै आईरहेको छ । अहिले देशभरीका साढे ३५ लाख नागरिकले सामाजिक सुरक्षा भत्ता पाईरहेका छन् । विभागले देशका ६ हजार ५ सय १२ वटा वडाहरुबाट अनलाईन प्रणालीमार्फत घटना दर्ता गर्ने कार्य भईरहेको निर्देशक पाठकले जानकारी दिए । उनका अनुसार अझै अनलाईन प्रणालीमा जान देशका २ सय १३ वटा वडाहरु बाँकी रहेका छन् । हालसम्म पुरानो ४३ लाख अभिलेखलाई डिजिटाईजेशन गरि २ करोड ५० लाख पु¥याउने विभागको लक्ष्य रहेको छ ।