विमानले दुर्घटनाअघि अवतरणको अनुमति लिएको थियो

काठमाडौं । कास्कीको पोखरामा आइतवार (आजं) बिहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०ः३३ बजे काठमाडौं विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए । ‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।’
विमानमा चालक दलका ४ जना र ६८ जना यात्रु सवार थिए । यात्रुमध्ये ८ जना विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ । रासस