जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्ला । जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जुम्ला सदरमुकाम खलङ्गाबाट पातारासी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ४०३५ नम्बरको जिप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरी निरीक्षक यम बहादुर बुढा मगरले बताए ।
सोमबार अपरान्ह ४ बजे भएको दुर्घटनामा परी पातरासी गाउँपालिका १ खालाढिकका अन्दाजी ४२ वर्षीया छोजुम लामाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते सबैलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । घाइतेहरूको सङ्ख्या अझै यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
जिप ब्याक गर्ने क्रममा सडकबाट करिब ५० मिटर तल तिला नदीमा खसेको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।