रास्वपाबाट शिक्षामन्त्रीमा खनाल, श्रममन्त्रीमा अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा कार्की

माघ ३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।

मंगलबार बिहान बसेको संसदीय दलको बैठकले डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र शिशिर खनाललाई शिक्षामन्त्री बनाउने निर्णय गरेको हो । बैठकले डा. तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा पठाउने निर्णय गरेको पार्टीले जनाएको छ ।

रास्वपाबाट पार्टी सभापति रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । उनी प्रधानमन्त्री दाहालले शपथ लिएकै दिन उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त भएका हुन् ।

सत्ता गठबन्धनको भागबण्डा अनुसार रास्वपाले ३ मन्त्री, १ राज्यमन्त्री र उपसभामुख पाउने सहमति छ ।

Translate »