कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले भोली विश्वासको मत लिँदै

स्काई न्यूज /माघ ५, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भोली विश्वासको मत लिने कार्यक्रम तय भएको छ । मुख्यमन्त्री शर्माले मंगलबार प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता गरेसँगै भोली दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ ६ गते दिउँसो १ बजे बैठक बसाल्ने निर्णय गरिसकेकाले सोही दिन ११ बजे कार्यसूची विवरण सार्वजनिक गरिने प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले बताए ।


यता मुख्यमन्त्री शर्माले सदनमा विश्वासको मत लिनका लागि पत्र दर्ता भईसकेकाले माघ ६ गते बस्ने बैठकबाटै विश्वासको मत प्राप्त गर्ने गरि सरकार अघि बढेको जानकारी दिए । हाल मुख्यमन्त्री शर्माले नै प्रदेश सरकारका आठ ओटै मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । यद्यपि ! विना विभागिय मन्त्रीको रुपमा विनोद कुमार शाह र मंगल शाही नियुक्त भइसक्नु भएको छ ।

Translate »