आगलागीबाट घाइते राउटे नारायणको मृत्यु

माघ ६, सुर्खेत ।आगलागीबाट गम्भिर घाईते भएका राउटे युवकको मृत्यु भएको छ । उपचारका लागि काठमाडौं लगिएका नारायण शाहीको आगोले जलेको १६ दिनपछि गए राति मृत्यु भएको हो । पुस १९ गते राति दैलेखको नारायण नगरपालिका–९ को चुप्रा नजिक जंगलमा बस्दै आएका लोपोन्मुख राउटे बस्तीमा आगलागी हुँदा शाही जलेका थिए । दैलेख र सुर्खेतमा उपचार सम्भव नभएपछि शाहीलाई काठमाडौंस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । ट्रमा सेन्टरमा पनि उपचार सम्भव नभएपछि सेन्टरले घर लैजान आग्रह गरेको थियो । एम्बुलेन्सबाट दैलेख ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको नारायण नगरपालिका–९ का वडाध्यक्ष महेन्द्रविक्रम खड्काले जानकारी दिए ।
