रेडियो नेपाल कर्मचारी संघ सुर्खेतको अध्यक्षमा बालमुकुन्द आचार्य

स्काई न्यूज /माघ ६, सुर्खेत । रेडियो नेपाल कर्मचारी संघ इकाई समिति सुर्खेतको अध्यक्षमा बालमुकुन्द आचार्य चयन भएका छन् । संघको शुक्रबार सुर्खेतमा भएको ११ औं अधिवेशनले आचार्यको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा महेन्द्र पुन, सचिव नारायणविक्रम जिसी, कोषाध्यक्ष रामबहादुर गौतम तथा सदस्यमा दिक्षा खत्री, दिलबहादुर चौधरी र गोकर्णप्रसाद पोखरेल चयन भएका छन् ।

अधिवेशनले भानुभक्त खड्का, नरेशसिंह थापा, नारायणबहादुर खड्का, कृष्ण शर्मा, लालसिं मिजार र चुडामणी पाण्डेलाई केन्द्रीय पार्षद्मा चयन गरेको छ । संघका निर्वतमान अध्यक्ष भूपेन्द्रबहादुर घर्तीको अध्यक्षता र रेडियो नेपाल कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष भानुभक्त खड्काको प्रमुख अतिथ्यतामा भएको अधिवेशनमा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका प्रमुख आनन्दविश्व पन्त, नेपाल प्रेस यूनियन कर्णाली प्रदेश समितिका उपाध्यक्ष नविनप्रकाश शाक्य, प्रेस यूनियन जिल्ला अध्यक्ष ईश्वर खड्का, नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष डम्मरकुमारी आचार्यलगायतले नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।