रास्वपाकी इन्दिरा राना उपसभामुखमा निर्वाचित

माघ ७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन् ।

शनिवारको प्रतिनिधिसभा बैठकले सत्ता गठबन्धनकी उम्मेदवार रास्वपाकै सांसद मगरलाई उपसभामुख निर्वाचित गरेको हो । बैठकमा उपस्थित २६४ सांसदमध्ये उनको पक्षमा १६६ र विपक्षमा ९७ मत खस्यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।

इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सत्तारुढ गठबन्धनका दलहरूले मत दिएका थिए ।

Translate »