रेडक्रस सोसाइटी सुर्खेतको सभापतिमा रामलाल आचार्य पुनः निर्वाचित

स्काई न्यूज /माघ ८, सुर्खेत । नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाको सभापतिमा रामलाल आचार्य निर्वाचित भएका छन् । जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा दुई दिन सम्म चलेको रेडक्रसको ४२ औं जिल्ला अधिवेशनले आचार्यलाई पुनः सभापतिमा र्निविरोध निर्वाचित गरेको हो ।

अधिवेशनले महिला उपसभापतिमा अमृता सापकोटा, खुला उपसभापति प्रदिप्त पौडेल, मन्त्री चेतनकुमार सुवेदी, कोषाध्यक्ष जितलाल ढकाल, उपमन्त्री माधवप्रसाद ढकाल, उपकोषाध्यक्ष चन्द्रलाल आचार्य तथा महिला सदस्यमा शोभाकुमारी शर्मा, कौशिला गेलाङ, विनकला पौडेल एवं अन्य सदस्यहरुमा ओमप्रसाद ढकाल, नगेन्द्रप्रसाद न्यौपाने, तिलकराम अधिकारी, रामप्रसाद सापकोटा, कृष्णप्रसाद गौतम, बसन्तकुमार रेग्मी र उत्सव प्याकुरेललाई निर्वाचित गरेको छ ।


माघ ७ र ८ गते सम्पन्न अधिवेशनले सभापतिमा रामलाल आचार्य, मन्त्री चेतनकुमार सुवेदी, कोषाध्य जितलाल ढकाल र उपकोषाध्यक्ष चन्द्रलाल आचार्य र्निविरोध निर्वाचित भएका हुन भने बाँकी पदहरुमा कडा प्रतिस्पर्धाका वीच लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएका हुन् ।

उद्घाटन सत्रमा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल, जिल्ला प्रशासन कार्यालयका प्रशाकीय अधिकृत पदमप्रसाद लामिछाने तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा, नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका सभापति हरिबहादुर बस्नेतलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । अधिवेशनले आर्थिक तथा सांगठनिक प्रगति प्रतिवेदन व्यापक छलफलपछि पारित गरेको नवनिर्वाचित कार्यसमितिका सदस्य तिलकराम अधिकारीले स्काई न्यूजलाई जानकारी दिए ।

Translate »