बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

स्काई न्यूज माघ १०, सुर्खेत ।  सुर्खेत प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी लेखराज गिरीलाई पक्राउ गरेको छ । प्रहरीले ७ महिनादेखि फरार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सुर्खेतको वीरेन्द्रनगर–१, का ३८ वर्षीय गिरीलाई आज वीरेन्द्रनगरबाट प्रक्राउ गरेको हो ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले  बैकिङ कसुरमा गिरीलाई गत जेठ ३० गते १० दिन कैदसहित १२ लाख २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । अदालतको पक्राउ आदेशपछि फरार प्रतिवादी गिरीलाई प्रहरीले आजै पक्राउ गरी जेल चलानका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।

Translate »