कर्णाली प्रदेशमा मन्त्रीमण्डल विस्तार

स्काई न्यूज /माघ ११, सुर्खेत । कर्णलीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । बुधबार मुख्यमन्त्री शर्माले सपथ लिएको १५ दिनपछि ७ सदस्ययी मन्त्री मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् । मुख्यमन्त्री शर्माले नेकपा माओवादी केन्द्रबाट सल्यानका भीमप्रकाश शर्मा र सुर्खेतका कृष्णबहादुर जिसी र नेकपा एमालेबाट डोल्पाका शेरबहादुर बुढा र जुम्लाका टेकराज पछाई मन्त्रीमा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री शर्माले यसअघि गत पुस २८ गते एमालेबाट दैलेखका विनोदकुमार शाह र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाहीलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिसकेका थिए ।

नेकपा एमालेबाट मन्त्री बनेका दैलेखका शाह आर्थिक मामिला तथा योजना मन्त्री, जुम्लाका पछाई सामाजिक विकास मन्त्री, मुगुका जीतबहनदुर मल्ल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाईएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका सुर्खेतका जिसी आन्तरिक मामिला तथा कानून मन्त्री, मुगुका शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, सल्यानका शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।

Translate »