सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि

माघ १२, सुर्खेत । सुर्खेतमा पाँचजनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका तीन पालिकामा पाँचजना दादुरा सङ्क्रमण पुष्टि भएको हो ।

वीरेन्द्रनगरमा–३,गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा १–१ जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए ।


छिमेकी जिल्ला बाँकेमा दादुरको सङ्क्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपाउन उनले सुझाव दिए।

दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाउँमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ ।

नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो ।

Translate »