‘म अनागरिक छु, कुनै प्रश्नको जवाफ मसँग छैन’

काठमाडौं । रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् । सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछानेले गृह मन्त्रालयमै रहेका थिए ।
मन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले भनेका छन्, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’

अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’
अमेरिकी नागरिकता त्यागेपनि उनले नेपाली नागरिकता पुनः प्राप्तीको प्रक्रियामा नगएर पुरानै नागरिकताबाट काम चलाउँदै आएका थिए ।
अदालतले पुनः नागरिकता लिने प्रक्रिया पुरा गर्न भन्दै अहिले पुरानै नागरिकता देखाएर लिएका सबै सार्वजनिक पद खारेज भएको फैसला गरेको हो ।