गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहाललाई

माघ १४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गृह मन्त्रालयको पनि जिम्मेवारी तोकेकी छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले गृह मन्त्रालयको कार्यभारसमेत प्रधानमन्त्री दाहाललाई तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सर्वोच्च अदालतले शुक्रबार नागरिकतासम्बन्धी मुद्दामा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई दोषी ठहर गरेपछि उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाई पदमुक्त भएका थिए ।

Translate »